Logo
Logo

माधव पक्षको बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बैठक आज २ बजे भर्चुअल माध्यमबाट बस्न लागेको हो ।

बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएको एक नेताले बताए ।

एमाले अध्यक्ष ओली र नेपालबीच पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएपछि नेपाल पक्षका सांसदको राजीनामा तत्काललाई रोकिएको छ । आजको बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्