Logo
Logo

सिभिल १५० बेडको कोभिड अस्पतालमा रुपान्तरण


दृष्टि संवाददाता


काठमाडौं । नयाँ बानेश्वरको मिनभवनस्थित सिभिल अस्पताल कोभिड अस्पतालमा रुपान्तरण हुने भएको छ । शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच १५० बेडको कोभिड अस्पताल बनाउने सम्झौता भएको हो ।

सम्झौताअनुसार अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

सम्झौता अनुसार १५० शय्याको अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक, भौतिक, औषधि, उपकरण, भवन तथा जनशक्ति लगायतको व्यवस्था अस्पताल स्वयंले गर्नेछ ।

सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पताको तर्फबाट कार्यकोरी निर्देशक डा विद्यानिधि पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्