Logo
Logo

गीतकार फुलाराको ‘यो शहरको डेरामा’ (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा’ सार्वजनिक भएको छ ।
बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो गीतकार फुलाराले आफ्नो अफिसिरयल यूट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुने ।

फुलारा लिट्रेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बासु डी. फुलारा पीसीको संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त भिडियोलाई संगीतसागर मगरले निर्देशन गरेका हुन् । भिडियोमा सम्वाद लेखन जनकराज खकुरेलको रहेको छ ।

भिडियोमा छायांकन तथा सम्पादन विश्वास भण्डारी, मेकअप कृतिका श्रेष्ठको रहेको छ भने वाँसुरीमा संजीव मैनाली र गितारमा राहुल बिक रहेका छन् ।

गीतकार फुलाराको पछिलो समय आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौँ, ‘कस्तो भाइरस आयो’जस्ता गीत सार्वजनिक भएका थिए । उनका ‘नफापेको मान्छे’ (उपन्यास), पाठकहरुले सर्वाधिक मन पराएको उपन्यास ‘टुहुरो कुण्डली’ अंग्रेजी र नेपाली संस्करण, नेपाली भाषा र साहित्यको इतिहास ‘त्यहाँ देखि यहाँसम्म’ पाठक माझ आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्