Logo
Logo
कोरोना संक्रमणको त्रास

चीनद्वारा सगरमाथा आरोहणमा रोक


दृष्टि संवाददाता


काठमाडौं । चीनले तत्कालका लागि सगरमाथा आरोहणमा रोक लगाएको छ ।

नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि अस्थायी रुपमा आरोहणमा रोक लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको हो ।

नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सतर्क हुन चीनले उक्त निर्णय गरेको जारी सुचनामा उल्लेख छ । उक्त प्रशासनले नेपालमा बढेको भाइरस संक्रमण र मृत्युदरलाई मध्यनजर गरेर उक्त निर्णय लिइएको जनाएको छ ।

चीनले यस सिजनका लागि ३८ जना चिनियाँ आरोहीलाई सगरमाथा आरोहणको अनुमति दिएको थियो भने नेपालले भने ४०८ जना आरोहीलाई अनुमति दिएको थियो ।

चीनले आरोहण स्थगित गर्ने निर्णय गरेपछि ती सबै चिनियाँ आरोही बीचबाटै फर्किएको जनाइएको छ । महामारीका कारण गत वर्ष दुवै देशले सगरमाथा आरोहणको अनुमति दिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्