‘माया’मा यस्तो देखिइन् उषा (भिडियो) « Drishti News – Nepalese News Portal
Logo

‘माया’मा यस्तो देखिइन् उषा (भिडियो)


दृष्टि संवाददाता



काठमाडौं । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ ।

प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए । गोविन्द कुइँकेलको शब्द तथा डिवी लामाको सगीत रहेको छ ।

संकल्प भुजेलको छायाँकन, तेकेन्द्र शाहको सम्पादन तथा सजन कटेलको निर्देशन भिडियोमा रहेको छ । प्रेम र रोदनको भावमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्