Logo
Logo

‘प्रज्ञा’ ‘पियर रिभ्यु जर्नल’का रूपमा आउने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठानको शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’ अबदेखि ‘पियर रिभ्यु जर्नल’का रूपमा प्रकाशित हुने भएको छ । हालै बसेको प्राज्ञपरिषद्को बैठले ‘प्रज्ञा’लाई जर्नलका रूपमा प्रकाशित गर्ने निर्णय गरेको हो ।
धेरै पहिलेदेखिको बौद्धिक तथा प्राज्ञिक जगत्को मागलाई आत्मसात गर्दै शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’लाई अब उप्रान्त जर्नलका रूपमा निकाल्ने निर्णय गरिएको समालोचना तथा निबन्ध विभागका प्रमुख तथा ‘प्रज्ञा’ अर्धवार्षिकका प्रधान सम्पादक प्रा.डा. गोपिन्द्र पौडेलले बताउनुभयो ।
‘प्रज्ञा’मा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्र लगायत अनुसन्धानमूलक सामग्री समेट्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्