Logo
Logo
जसपा विवाद

ठाकुर र महतोलाई कारवाही गर्ने जसपाको तयारी


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई कारवाही गर्नेबारे छलफल थालेको छ ।

सनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ठाकुर र महतोलाई कारवाही गर्नेबारे छलफल भएको हो ।

संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नु अराजकता भएकाले कारवाही गर्नुपर्ने बैठकमा सहभागी नेता तथा सांसदले मत राखेका छन् । बैठकपछि यादव पक्षका सांसद रामबाबु यादव भने– ‘संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुनेछन् । पार्टीमा मनमपरी गर्नेलाई कारवाही गर्नुको विकल्प छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समयदेखि जसपामा विवाद बढेको हो । ठाकुर समूह ओलीपक्षमा लागेका छन् भने यादव समूह ओलीविरुद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्