Logo
Logo

विप्लवका पोलिटब्यूरो सदस्य ‘जीवन्त’ पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले शुक्रबार साँझ ललितपुरस्थित उनको डेराबाट पक्राउ गरिएको जनाइएको छ ।
केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता कार्यकर्तालाई देख्नेवित्तिकै पक्राउ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्