काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता गर्दैछन् । उनीहरु सिंहदरबाराम भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा छलफल हुन लागेको हो ।

एमाले संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङका अनुसार भेटवार्ता अहिले दिउँसो १ बजे तय भएको छ । आज हुने वार्ताले पार्टी भित्रको विवाद समाधान गर्न गठन गर्ने अपेक्षा गरिएको छ ।
यअसघि शुक्रबार ओली र नेपालसहित दुवैतर्फहरुबीच छलफल भएको थियो । उक्त छलफलमा पार्टीलाई २ जेठ २०७५ कै अवस्थामा ल्याउनुपर्ने नेता नेपालले आफ्नो अडान दोहोर्याएका थिए ।
पार्टीको विवाद समाधान गर्न कार्यदल गठन गर्ने भनिएपनि अहिलेसम्म टुंगो लागेको छैन । नेपाल पक्षबाट कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने बताइएको छ ।











