Logo
Logo

बरिष्ठ गीतकार चेतन कार्कीको निधन


दृष्टि संवाददाता


काठमाडौं । वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा आइतबार बिहान १० बजेर २५ मिनेटमा निधन भएको जानकारी संगीत समीक्षक प्रकाश सायमीले दिएका छन् ।

केही दिनदेखि उनी कोरोनाको संक्रमणबाट पिडित थिए । उनको अवस्था गम्भीर भएपछि उनलाई शनिबार दिउँसो १ बजे आईसियु वार्डमा सारिएको थियो ।

नेपाली गीत संगीत क्षेत्रमा कयौँ कालजयी गीत दिएका चेतन कार्कीले विश्वासलगायत कयौँ नेपाली चलचित्रको निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्