Logo
Logo

ओली र नेपालबीच ‘वान टु वान’ वार्ता


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

दिउँसो १ बजे वार्ता गर्ने भएिपनि प्रधानमन्त्री यसअघि सीसीएमसी बैठकमा सहभागी भएपछि केही ढिलो सुरु भएको हो । ओली र नेपालबीच प्रधानमन्त्रीको कार्यालयमा ‘वान टु वान’ वार्ता चलिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले जनाए ।

पार्टीको विवाद समाधानको प्रयासस्वरूप अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच केही दिनयता वार्ता र छलफल भइरहेको छ । नेपालले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन पर्ने अडान राख्दै आएका छनु । आज सोही सम्बन्धमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्