Logo
Logo

जसपाका पदमुक्त चार सांसदद्वारा सर्वोच्चमा रिट


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षको कारबाहीमा परी लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चार सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले १६ वैशाखमा पदमुक्त गरेका थिए ।

उनीहरुले उत्प्रेषणको आदेशबाट भएको प्रदेशसभाको कारबाही बदर होस् गर्न माग गरेका छन् । अहिले उनीहरू चारैजना लुम्बिनी प्रदेशका मन्त्री छन् ।

यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारबाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्