Logo
Logo

न्यूजिल्याण्डको मस्जिदमाथि हमलाकर्ता अदालत पेश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ चैत । न्यूजिल्याण्डको क्राइस्टचर्चमा दुई मस्जिदमाथि हमलाकर्तार्तालाई शनिबार अदालतमा पेश गरिएको छ । सो हमलामा ४९ जना निर्दोष व्यक्तिले ज्यान गुमाएका थिए ।
उक्त हमलाको आरोपमा अष्ट्रेलियाली नागरिक ब्रेन्टन ट्यारेन्टलाई अदालतको कठघरामा जेलको सेतो टिसर्ट र हत्कडीमा उपस्थित गराएको छ । उनीमाथि हत्याको आरोप लगाइएको छ ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डर्नले हमला निकै सुनियोजित ढंगले गरिएको र उनीसँग बन्दुक राख्ने लाइसेन्स भएको जानकारी दिएकी छन् । हमलाको क्रममा उनले पाँचवटा बन्दुक प्रयोग गरेको उनले बताइन् ।
पुलिस अनुसन्धानबारे जानकारी दिँदै उनले अहिलेसम्म तीनजनालाई पक्राउ गरिएको जसमध्ये दुईको संलग्नताबारे अनुसन्धान भइरहेको जानकारी दिइन् । दुबैको अहिलेसम्म कुनै आपराधिक रेकर्ड सार्वजनिक भएको छैन ।

घटनास्थलबाट पक्राउ गरिएका अन्य हतियारधारी व्यक्तिलाई रिहा गरिएको जनाइएको छ । अनुसन्धानमा उनीहरु पुलिसलाई सहयोग गर्ने कोसिस गरिरहेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्