Logo
Logo

कोभिडलाई यसरी जित्न सकिन्छ (व्यवसायी तामाङको अनुभव)


दृष्टि संवाददाता


काठमाडौं । वैदेशिक रोजगार व्यवसायी बलबहादुर तामाङले कोभिड–१९ को संक्रमणलाई पराजित गरेका छन् । कोरोना संक्रमण हुनेवित्तिकै के के नै हुन्छ भनेर त्रासमा रहेकाहरुका लागि तामाङको अनुभव उत्प्रेरणा हुनसक्छ । आफ्ना परिवारकै रिर्पोट नेगेटिभ आएपछि यो कुरा उनले आफ्ना फेसबुक वालमा शेयर गरेका छन् ।

कोभिड–१९ को सक्रमणबारे मेरो अनुभव :
– बैशाख ९ गते कोरोनाबिरुद्धको खोप भेरोसेल अल्का २ अस्पतालमा लगाउँदा भिडको कारण म संक्रमित
– बैशाख १० गते बानेश्वरको बिबाहमा सरिक र दिउँसो अफिसमा धेरै निद्रा लाग्ने र अल्छी महशुस, बेलुकी खोकी र पखाला लाग्न शुरु, जीवन जल र साइनेक्स, भिटामिन सि र डी खान शुरु
– बैशाख ११ गते गते पुरै जीउ दुख्ने, सुक्का खोकी लाग्ने
– बैशाख १२ गते घरमै आराम
– बैशाख १३ गते ह्याम्स अस्पतालमा डाक्टर सुष्मा भट्टचनसँग साधारण चेक गर्दा घाँटीमा रातो भएर इन्फेक्सन भएको यसका लागि साइनेक्स तीनपटक खाने गरि लेख्नुभयो र कोभिड–१९ चेक गर्न सिफारिस गर्नुभयो र कोभिडको स्वाब दिइयो ।
– बैशाख १४ गते कोभिड १९ को रिपोर्ट पोजेटिभ
– घरमै आइसोलेशनमा बसाइ
– बैशाख १५ गते छोराहरुलाई ह्याम्स अस्पतालमा स्वास्थ परीक्षण र कोभिडको लागि स्वाब दिइयो ।
– बैशाख १६ गते छोराहरूको पनि कोभिड पोजेटिभ
– बैशाख १७ गते बुबाआमा, श्रीमती, छोरी, घरको बहिनी र सहयोगीलाई घरमा नै स्वाब लिन ब्यबस्था गरियो । सोही दिन बेलुकी रिपोर्टअनुसार श्रीमती र छोरीलाई पनि कोभिड–१९ पोजेटिभ
– बैशाख १७ गतेबाट घरको पोजिटिभ जति आइसोलेसनमा ।

आइसोलेशनमा बस्दा छोराहरुलाइ सामान्य ज्वरो आउने, सबैलाई सुक्का खोकी लाग्ने, जीउ दुख्ने, पखाला लाग्ने भइरह्यो ।
हामीले सामान्य रुपमा औषधि sinex,Niko,vitamin c र vitamin D पाउने औषधि साथमा नियमित तातोपानीमा सन्चो हालेर वाफ दिनको तीन पटक र तातो सुप खाने गर्यौं । साथै पानीमा नुन, बेसार, मरिच, दाना, धनिया, जुवानो, ल्वाङ, सुकमेल, दालचीनी, अदुवा, लसुन मिलाएर बनाएको सुप लगातार खाने गरियो । यस रोगले सामान्यतया ५ दिन जति अप्ठ्यारो पार्ने रहेछ । यसले कि त अक्सिजन मात्र घटाएर अस्पताल पु¥याउने वा केही सहज हुँदै जाने रहेछ ।

सामान्य लक्षणहरु :
अल्छी लाग्ने, घांटी खसखसाउने, बेलाबेलामा सुक्का खोकी लाग्ने, जीउ कटकट खाने, डाइरिया चल्ने रहेछ ।
कोभिड १९ लुकाउन नहुने रोग ः–
यो रोग लागेपछि इमानदारीपूर्वक कोभिड संक्रमित भएको कुरा सार्वजनिक रुपमा जानकारी दिनुपर्छ । त्यति गर्दा पनि तपाइँले समुदाय तथा घरका अन्य सदस्यलाई कोभिडबाट बचाउन सकिन्छ । साथीहरूबाट आवश्यक सहयोग जुट्छ, विशेषगरि अस्पतालमा बेड, अक्सिजन ,आइसियु तथा भेन्टीलेटरको ब्यबस्था समयमा हुन्छ ।

ख्याल गर्नु पर्ने कुराहरु :
– आफू संक्रमित भएपछि आइसोलेसनमा बस्ने,
– आफुलाई घर परिवार र छिमेकीलाई कोभिड भएको जानकारी दिने
– आफुले प्रयोग गरेको थाल तथा अन्य सामाग्री अरुलाई छुन नदिने
– नियमित रुपमा नुहाउने
– राम्रोसँग सुत्ने र नियमित ब्यायम गर्ने
– शरिरमा अक्सिजनको मात्र बेला बेला अक्सिमिटरको माध्यमबाट परीक्षण गर्ने
– आफुले प्रयोग गरेको थाल र लुगा आफैँ धुने
– आफू बसेको कोठालाई बिहान बेलुका डिस इन्फेक्ट गर्ने
– किताब तथा अन्य सामाग्री पढ्ने
– मनोरञ्जनले भरिपूर्ण टिभी च्यानेल हेर्ने
– रोग लागेको अनुभव नगर्ने

यो रोगसँग लड्न चाइनिज भेरोसेल खोप उपयोगी रह्यो । मलाई भेरोसेल खोप लगाउँदा खेरी कोभिड संक्रमित भएता पनि यसलाई पराजित गर्न खोपले नै सहयोग गर्यो भन्ने लागेको छ । त्यसकारण खोप लगाउने ब्यबस्था सरकारले गर्नुपर्छ । सशुल्क भएपनि खोप लगाउन पाए भने यो रोगसँग लड्ने क्षमता बढ्नेछ र मृत्यु दर घटाउन सकिनेछ । सबै संयन्त्र प्रयोग गरेर भएपनि कोभिड बिरुद्धको खोप उत्पादक कम्पनीहरुसँग कुरा गरेर नेपाल भित्र्याउनुपर्छ । अहिलेको यस्तो अवस्थामा चीन, भारत, रसिया, अमेरिकाका नेपाली राजदुतहरुले कोभिड बिरुद्धको खोप उपलब्ध गराउन पहल/प्रयास गर्नुपर्छ ।

कोभिड सामान्य ज्वरो हो, रुघा हो भन्ने भ्रममा नपरौँ । कोही संक्रमित भएमा छुट्टै कोठामा बसौँ, यसलाई माया नगरेको रुपमा नबुझाँंै, कोही आफन्त कोभिडबाट मर्दा सरकारको सुरक्षा निकायलाइ नै शव ब्यबस्थापन गर्न लगाऔँ । शव ब्यबस्थापनलाई सस्कृति र सामाजिक प्रतिष्ठानको बिषय बनाउन छोडौँ । यसमा सबैको सकारात्मक सहयोगले मात्रै कोरोना भाइरस (कोभिड १९) पराजित गर्न सकिन्छ ।
अन्त्यमा अब अस्पतालको स्थापना गर्दा अनिवार्य अक्सिजन प्लान्ट राख्नुपर्ने ब्यबस्था कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ ।
(व्यवसायी तामाङको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्