Logo
Logo

विश्वव्यापी नेतृत्वमा चीनले उछिन्यो अमेरिकालाई


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, ३ चैत (सिन्ह्वा) । सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।
अमेरिकी जनमत सर्भेक्षण सञ्चालक, द ग्यालप अर्गनाइजेसनले बिहिबार जारी गरेको प्रतिवेदनमा चीनको औसत अनुमोदन मूल्यांकन ( मिडियन एप्रोभल रेटिङ) ३४ प्रतिशत पुगेको र यो तथ्यांक पछिल्लो दशकमा सबैभन्दा उच्च बिन्दूमा पुगेको रिपोर्टमा उल्लेख छ ।
‘ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नाम दिइएको उक्त अध्ययनले अमेरिका, चीन, जर्मनी, रूसलगायत एक सय तीस वटा मुलुकमा सर्भेक्षणमा समावेश गरेको थियो ।
चिनियाँ नेतृत्व क्षमताको औसत अनुमोदन मूल्याङ्कनमा ३४ प्रतिशत, रुसको ३० प्रतिशत जर्मनीको सबैभन्दा अगाडि ३९ प्रतिशत र अमेरिकाको स्थान झर्दै ३१ प्रतिशत रहेको देखिएको छ ।
सन् २०१७ मा अमेरिका र चीन झण्डैझण्डै बराबरी स्थानमा थिऐ भने पछिल्लो तथ्यांकमा चीनले अमेरिकालाई उछिनेको छ । चीनले छिमेकी देश पाकिस्तानबाट सबैभन्दा धेरै ७३ प्रतिशत स्वीकृति पाएको छ भने अफ्रिकी देशहरूबाट ५३ प्रतिशत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्