Logo
Logo

जसपा सरकारमा नजाने, आइलागे नेतृत्व गर्ने


दृष्टि संवाददाता


काठमाडौं । नयाँ सरकार गठनको विषयले विभाजन हुने खतरमा रहेको जनता समाजवादी पार्टी (जसपा)मा तत्कालका लागि विभाजन टरेको छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाउने सहमति भएको बताएका छन् ।

विज्ञप्तिअनुसार केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा जसपा सहभागी नहुने भएको छ । विज्ञप्तिमा भनिएको छ– ‘जनता समाजवादी पार्टी सरकारमा सहभागी नभई प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत रहेने छ ।’

तत्काल सरकारमा सहभागी नहुने बताएको जसपाले आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने बताएको छ । विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्थामा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।’

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउने समेत महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्