Logo
Logo

इथोपियन एयरलाइन्स दुर्घटना : दाहसंस्कारका लागि एक मुठी माटो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ चैत, (एजेन्सी) । एक साताअघि भएकाको इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान हुन नसकेपछि मृतकका परिवारलाई दुर्घटनास्थलको एक मुठी माटो दिन थालिएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएको छ ।
समाचार संस्था एपीका अनुसार जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव पहिचानका लागि फोरेसिक डिएनएको काम सुरु भएको छ । तर रिजल्ट आउने करिब ६ महिना लाग्ने भएकाले मृतकका परिवारलाई दुर्घटनास्थलको माटो दिन थालिएको हो ।
‘दुर्घटनामा परेकाहरूका परिवारलाई दुर्घटनास्थलबाट एक किलोग्राम माटो खोस्रेर र बोरामा प्याक गरी आफन्तलाई दिन थालिएको छ’ एपीले जनाएको छ ।
उक्त दुर्घटनामा चालकदलसहित १५७ जनाको निधन भएको थियो । जसमा नेपालको गोरखाकी एकता अधिकारीको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्