Logo
Logo

जलमार्ग र पर्यटनको विकासका लागि त्रिवेणी महोत्सव हुने


- दृष्टि न्युज/संवाददाता


लम्की । ‘स्वच्छ ताजा माछा र जल मार्गको सम्भावना, सेती कर्णाली र भेरीको त्रिवेणी चिनाउने हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ कैलालीको सोल्टामा त्रिवेणी महोत्सव २०७५ सञ्चालन हुने भएको छ ।

चुरे वाताबरण तथा जैबिक बिविधता संरक्षण मञ्चको आयोजनामा महोन्याल गाउँपालिका ६ तल्लो सोल्टामा गरिने महोत्सवको तयारी तिब्र रुपमा भइरहेको लम्कीमा आयोजित पत्रकार सम्मेलन मार्फत संरक्षण मञ्चका संयोजक बीरेन्द्र बहादुर रावलले जानकारी दिनु भएको छ ।
चुरे क्षेत्रको संरक्षण र सम्र्बधनका साथ साथै सेती भेरी र कर्णालीको पानीको संगम मोहन्लाय ७ बढीगाउँस्थित त्रिवेणी धामलाई धार्मिक पर्यटन केन्द्र बनाउने पनि महोत्सवको मूल उेश्य रहेको कुरा आयोजक संस्थाका अध्यक्ष एवं मेला आयोजक समितिका संयोजक वीरेन्द्र रावलले जानकारी दिनु भएको छ ।
विगत बर्षमा पनि मेला आयोजनाको अवसरमा कर्णालीमा ¥याफटिङ सञ्चालन गरिएको र पहिलो बर्षको मेलाको मूल उद्देश्य मोहन्यालमा एम्वुलेन्स सञ्चालन गर्ने रहेकाले तीं मागहरु पुरा भैसकेको पनि संयोजक रावलले जानकारी दिनु भयो ।
तेस्रो पटक आयोजना गरिएको तेस्रो त्रिवेणी महोत्सवलाई सभ्य र भव्य बनाउनकालािग सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको पनि संयोजक रावलले बताउनु भएको छ ।
स्टल बुकिङ देखि मञ्च ब्यवस्थापन तथा प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ। संयोजक रावलले चुरे विविधताको संरक्षण तथा त्रीवेणी धामको पहिचान गर्ने मुख्य उद्देश्य रहेको बताउदै सो अवसरमा सोल्टा देखि कर्णाली चिसापानी सम्म २३ किलोमीटर जलयात्रा समेत हुने बताए।
महोत्सव अवधिभर कर्णाली नदिमा ¥याप्टीङको बिषेश सञ्चालन,राजी,मगर जातिका खानपिन तथा भेषभुषाको प्रर्दशनी,बिभिन्न जात जातजातीका संस्कृति झल्कीने झाँकी प्रर्दशन,देउडा खेल तथा कर्णालीका स्वच्छ माछामाका परिकार लगाएत महोत्सवका मुख्य आकर्षणहरु रहेका छन् । यहि चैत्र ६ गते देखि ८ गते सम्म सञ्चालन हुने त्रिवेणी महोत्सव २०७५ सञ्चालनका निमित्त ५ देखि ७ लाख सम्म लगानी लाग्ने र महोत्सवको मुख्य प्रायोजकको रुपमा महोन्याल गाउँपालिकालाई रहेको छ ।
३ दिन सम्म सञ्चालन हुने महोत्सवलाई ३० देखि ४० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । बालबाललिका,अपाङ्ग तथा जेष्ठ नागरिकका लागी निःशुल्क प्रवेशको ब्यवस्था रहेको छ भने बिद्यार्थीलाई २५ रुपैया, साधारणलाई ४० र सिजनल टिकटका लागी १ सय रुपैया निर्धाण गरिएको संयोजक रावलले जानकारी दिनु भएको छ ।
चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्चका अध्यक्ष रावललका अनुसार महोत्सव पश्चात कैलालीका चुरे र तल्लो तटिय क्षेत्रमा चुरे बचाउ अभियानलाई अगाडी बढाउने, दैविक प्रकोप न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ ।

प्रतिक्रिया दिनुहोस्