Logo
Logo

कांग्रेसको संसदीय दलको बैठक बस्दै


दृष्टि संवाददाता

63
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आज संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो २ः३० बजे बैठक बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जनाएका छन् ।

बैठकमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने बताइएको छ । उनले सरकारले बजेटअघि पूरा गर्नुपर्ने संवैधानिक र प्रक्रियागत कामसमेत अघि नबढाइएकाले त्यस विषयमा छलफल हुने बताए ।

सरकारले बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, अहिलेसम्म संसद अधिवेशन समेत बोलाएको छैन । समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्