Logo
Logo

भूकम्प अपडेट : ६ जना घाइते, २७ घरमा क्षति


दृष्टि संवाददाता


लमजुङ । बुधबार बिहान गएको भूकम्पले यहाँको २७ घरमा क्षति पुगेको छ भने ६ जना घाइते भएका छन् । बिहानको भूकम्पसँगै निरन्तरजसो परकम्प गएकाले स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन् ।

e”sDkn] eTsfPsf] 3/ ndh’ª % h]7 M ndh’ª d:of{ª\bL ufpFkflnsf– # e’ne’n] s]Gb|ljGb’ agfPsf] a’waf/ laxfg uPsf] e”sDkn] a]F;Lzx/ gu/kflnsf– ^ rgf}6]sf #^ jifL{o pdf u’?ªsf] elTsPsf] 3/ . o; 3/ elTsFbf pdf u’?ª 3fOt] x’g’ePsf] 5, eg] lhNnfsf ljleGg 3/ elTsFbf pdf;lxt rf/ hgf 3fOt] ePsf 5g\ . Ps bh{g a9L 3/df Iflt k’u]sf] 5 . t:jL/ M hgs >]i7÷/f;;

आज बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यसपछि ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार अहिलेसम्म भूकम्पमा परी ६ जना घाइते भएका छन् । ३ जना घरको पर्खाल खसेर र अन्यको भागदौडका क्रममा घाइते भएको उनले बताए । मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, मस्र्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका छन् ।

घाइतेमध्ये दोर्दीका तामाङबाहेक सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तामाङको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । डीएसपी गंगाबहादुर थापाका अनुसार हालसम्म २७ वटा घरमा क्षति पुगेको विवरण आएको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घाइतेको अस्पतालमा उपचार गराइरहेको र क्षतिका थप विवरण संकलन भइरहेको बताए । उनले पनि २७ वटा घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको बताए ।

प्रतिक्रिया दिनुहोस्