Logo
Logo

भूकम्पले तनहुँमा पनि भत्कियो घर


दृष्टि संवाददाता


दमौली । लमजुङको भुलभुले केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । पाँच दशमलव आठ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङका कृष्णबहादुर कामीका घरमा क्षति पुगेको हो ।

विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्