Logo
Logo

जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड


दृष्टि संवाददाता


बाँके । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले डेढ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गर्ने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा जनशक्तिका लागि थप पहल गरिरहेको मन्त्री विकले जानकारी दिए ।

दोस्रो लहरको कोरोना महामारीमा सङ्घीय सरकारले देशभरिका १२ वटा अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्