Logo
Logo

कोरोना प्रभावित पत्रकारका लागि राहत घोषणा गर्न फोनिजको माग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले कोरोना संक्रमित पत्रकारलाई निःशुल्क उपचार र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

कोरोना संक्रमणबाट १५ जना पत्ररकारको मृत्यु भइसकेको र ८ सय जना संक्रमित रहेको भन्दै फोजिनले सूचना सम्प्रेषण गरेर जनतालाई सूशिक्षित गर्न फ्रन्टलाइनमा काम गरिरहेको अवस्थामा संक्रमित पत्रकारको निःशुल्क उपचार गर्न फोनिजले माग गरेको हो । कोरोना संक्रमणका कारण ज्यान गुमाएका पत्रकारका परिवारलार्य राहत उपलब्ध गराउन समेन फोजिनले माग गरेको छ ।

फोनिजका सचिव मिलन लिम्बूद्धारा जारी विज्ञप्तिमार्फत फोनिजले जटिल र संकटपूर्ण अवस्थामा समेत जनतालाई सूचना प्रवाह गर्नुपर्ने जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर मात्रै कार्यक्षेत्रमा जान अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्