Logo
Logo

दीपक मनाङे दोस्रो पटक मन्त्री नियुक्त


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) दोस्रो पटक मन्त्री बनेका छन् । मन्त्री भएको दुई साता पनि नबित्दै पद गुमाएका मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पुनः मन्त्री नियुक्त गरेका हुन् ।

मनाङेले पुरानै युवा तथा खेलकुद मन्त्रालय पाएका छन् । पुनः मन्त्री नियुक्त भए पनि काठमाडौंमा रहेकाले बुधबारको शपथग्रहणमा मनाङे सहभागी हुन सकेनन् । मुख्यमन्त्री गुरुङले आफ्नो सरकार जोगाउन मनाङेलाई पहिलो पटक मन्त्री बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्