काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेमाथि गोली हानिएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर पाण्डेसहित दुईजना घाइते भएका छन् ।
गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
दिपक पाण्डेसहित ३ जना लु.९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोलाबाट तौलिहवातिर आउँदै गर्दा अपरिचित व्यक्तिले माटरसाइल रोकेर गोली हानिएको बताइएको छ । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए ।
उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ । दिपक पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ ।











