Logo
Logo

सात मन्त्रीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्र परित्या गरी एमाले बनेका सात जना गैरसांसदलाई मन्त्रीबाट पदमुक्त गर्न अन्तरिम आदेशको माग गर्दै परेको रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई हुँदैछ ।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका दुवै रिटको पेशी प्रधानन्यायाधीश राणाको एकल एजलासमा तोकिएको छ । संविधानको धारा ७८ बमोजिम नियुक्त भएका मन्त्रीको नियुक्ति गैरसंवैधानिक भएको दावी रिट निवेदकले गरेका छन् ।

रिट निवेदनमा अन्तरिम आदेश माग नभएकाले त्यसबारे ‘बिचार गर्नु परेन’ भन्ने आदेश आएको भोलिपल्ट अन्तरिम आदेश माग गर्दै दुईवटा रिट निवेदन दर्ता भएका हुन् ।

हाल गृहमन्त्री रामवहादुर थापा, उर्जामन्त्री टोपवहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा दुवै सदनको सदस्य छैनन् ।

प्रतिक्रिया दिनुहोस्