Logo
Logo

बाँकेमा मात्रै २५७ संक्रमितको मृत्यु


दृष्टि संवाददाता

882
Shares

बाँके । बाँके थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको विभिन्न अस्पतालमा उपचाररत १० संक्रमितको बुधबार ५ बजे साँझदेखि बिहीबार बिहानसम्ममा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५७ पुगेको छ भने अन्य जिल्ला बाहिरका २१५ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

भेरी अस्पताल, बाँके ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्ये ४÷४ जना बाँके र बर्दिया, १÷१ जना दाङ र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका–३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५ः ४५ बजे, जानकी गाउँपालिका–३ की ४४ वर्षीया महिलाको बिहीबार विहान ८ः४५ बजे र राप्तिसोनारी गाउँपालिका–६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार १ः २० बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

भेरी अस्पतालमै बासगढी नगरपालिका–४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधबार साँझ ६ः३० बजे, बढैयाताल गाउँपालिका–८ बर्दियाका ४५ वर्षीय पुरूषको राति ८ः३० बजे, गुलरिया नगरपालिका–४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १ः१५ बजे र बढैयाताल गाउँपालिका–५का ४० वर्षीय पुरूषको बिहीबार विहान ९ः५५ बजे मृत्यु भएको हो ।

यस्तै, भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ः३० बजे र घोडाघोडी नगरपालिका–४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्