Logo
Logo

इजिप्टमा ‘एमएसएन एक्सिलेन्स’द्वारा अवार्डेड तृष्णा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ फागुन । चर्चित फेसन डिजाइनर तृष्णा गुरुङ यसवर्षको ‘एमएसएन एक्सिलेन्स’ अवार्डबाट अवार्डेड भएकी छन् । हालै इजिप्टमा सम्पन्न ‘एमएसएन एक्सिलेन्स अवार्ड–२०१९’मा तृष्णाले ‘फेशन डिजाईनर’विधातर्फ अवार्डेड भएकी हुन् ।
‘राज्य दैनिक’ र मोडल सङ्स नेपालको सहकार्यमा आयोजित अवार्डमा सहभागी हुन तृष्णा इजिप्ट पुगेकी थिइन् । लामो समयदेखि फेसनको दुनियाँमा योगदान र चर्चा बटुल्दै आएकी तृष्णा आफू अवार्डेड हुँदा खुसी लागेको बताइन् ।
इजिप्टको अलेक्जेन्ड्रिया आयोजित कार्यक्रममा सञ्चारकर्मी, गायक÷गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, इभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई पुरस्कृत गरिएको थियो ।
भारत, फिलिपिन्स, दुवईलगायतका मुलुकहरुमा आफ्नो क्रियशन तथा फेसन शो गरिसकेकी डजाइनर तृष्णाले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्