Logo
Logo
निर्वाचन आचारसंहिता उल्लंघन

प्रधानमन्त्रीविरुद्ध कांग्रेसद्वारा निर्वाचन आयोगमा उजुरी


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । उजुरीमा निर्वाचन आचारसंहिता उल्लंघन गरेकामा प्रधानमन्त्री ओलीसँगै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गरिएको छ ।

काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णयअनुसार विहीबार निर्वाचन आयोगमा उजुरी दर्ता गराएको जनाएको छ । काँग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिएका प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर गरेको थियो ।

प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा राष्ट्रियसभा उपनिर्वाचनका एमालेको तर्फबाट उम्मेदवार बनका रामबहादुर थापा बादलका लागि मत मागेका थिए । यस्तै शिक्षामन्त्री श्रेष्ठले पनि निर्वाचन आचारसंहिताविपरीत बुधबार साँझ थापाको पक्षमा अपिल जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्