Logo
Logo

नेपाललाई खोप उपलब्ध गराउन बेलायतसँग प्रधानमन्त्रीको अनुरोध


दृष्टि संवाददाता


काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई खोप उपलब्ध गराउन अनुरोध गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री ओलीको कार्यालयमा शिष्टाचार भेटका लागि पुगेकी काठमाडौंस्थित बेलायती राजदूत निकोला पोलिटसँग अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको कोरोनाविरूद्ध खोप नेपाललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री ओली र राजदूत पोलिटबीच दूई देशको आपसी सम्बन्ध र विशेष गरी कोभिड–१९ विरूद्धको लडाइँमा सहयोग आदान–प्रदान गर्नेबारे छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले बेलायतले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।

भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको उक्त खोप लगाएका ६५ वर्षमाथिका धेरै नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

भारतमा कोरोनाको संक्रमण फेरि बढेपछि भारतले अहिले खोप निर्यात रोकेको छ । भारतबाट तत्कालै खोप आउने सम्भावना नदेखिएका बेला प्रधानमन्त्री ओलीले बेलायती दूतलाई खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्