काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्राडा. पुष्पराज कँडेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।
पुनः नियुक्तिपश्चात कँडेलले बिहिबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सपथ ग्रहण गरेका छन् ।
सपथ ग्रहणपश्चात उपाध्यक्षले कँडेलले राष्ट्रिय योजना आयोगमा पदभार ग्रहण गर्दै विभिन्न स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गरेका छन् ।











