काठमाडौं । नेकपा एमाले थायी कमिटी बैठक जारी रहेकै बेला प्रधानसेनापति पूर्णचन्द्र थापा बालुवाटार पुगे । बिहीबार एमालेको स्थायी कमिटी बैठक सुरु हुनासाथ प्रधानसेनापति थापा बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद्को बैठक बस्ने गरी २ बजे स्थायी कमिटी बैठक बोलाएका थिए । बैठक चलिरहेकै बेला प्रधानसेनापति थापाको प्रवेश भएको हो ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण र वर्तमान राजनीति अवस्थाबारे छलफल हुने बताइएको छ । मन्त्रिपरिषदको बैठकले निर्णय गरेको विषयसमा छलफल गर्न प्रधानमन्त्री ओली प्रधानसेनापति थापालाई बोलाएको हुन सक्ने अनुमान गरिएको छ । कोरोना महामारी बढ्दै जाँदा सरकारले स्वास्थ्य संकटकाल लगाउनुपर्ने माग बढिरहेको छ ।
स्थायी कमिटी बैठकलगत्तै अहिले मन्त्रिपरिषद बैठक बस्दैछ ।











