Logo
Logo

राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने कांग्रेसको तयारी


दृष्टि संवाददाता

4.9k
Shares

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन तयारी गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको बताइएको छ ।

कांग्रेसका एक नेताका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरित काम गरेकाले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे छलफल भएका हो । प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्ममा नयाँ वर्तमान सरकारको विकल्प खोज्न आग्रह गरेकी छन् । तर, त्यसअघि नै नै सबै विकल्प प्रयोग गरेर यो प्रवृतिलाई परास्त गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय लिएको छ ।

सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा अन्य दलहरुसँग छलफल गरी ५ बजे अघि केही न केही उपाय निकाल्ने निर्णय भएको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्