Logo
Logo
राजनीति

महन्थ ठाकुरको घुमाउरो जवाफ, ‘सम्भावना र सपनाहरु हुन्छ’


दृष्टि संवाददाता


काठमाडौं । जनता सवाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अप्रत्यक्षरुपमा प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् । वैकल्पिक सरकारको चर्चा आएसँगै ठाकुरको नाम प्रधानमन्त्रीका लागि चर्चामा आइरहेको बेला आफ्नो पनि इच्छा र सपना भएको बताएका हुन् ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर चर्चा भएजस्तो आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव नआएको बताए । तर, यदि प्रस्ताव आएमा आफू प्रधानमन्त्री बन्न तयार रहेको आशय व्यक्त गरे । पत्रकारहरुको एक प्रश्नमा उनले भने, ‘सम्भावनाहरु हुन्छ, सपनाहरु पनि हुन्छ ।’

जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले समेत ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ । तर, यसबारेमा उनले स्पष्ट धारणा व्यक्त गरेका छ्रैनन । अध्यक्ष ठाकुरले वैैकल्पिक सरकारको गठनको चर्चा भएसँगै आफूलाई परिस्थितिजन्य काममा इच्छा नभएको बताउँदै आएका छन् ।

दलहरुले मागहरु सम्बोधन गर्ने सहमति गरे तपाइँको नेतृत्वमा सरकार बन्दैन र भन्ने प्रश्नमा ठाकुरले वर्तमान सरकारले पनि सम्बोधन गरिरहेको बताए । उनले भने, ‘अदालतमा विचाराधीन मुद्दाहरुमा पनि छलफल भइरहेको छ । जे हुन्छ, कानुन, विधि अनुसार नै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्