Logo
Logo

विपक्षी दलको बैठक देउवा निवासमा, माधव नेपाल पनि सहभागी


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपतिलाई महाभियोग लगाउने बिषयमा छलफल चलिरहेको बेला विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भेला भएका छन् ।

कांग्रेस पदाधिकारी बैठक सकिए लगत्तै सुरु भ्एको भेलामा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । विपक्षी दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

विपक्षी दलको बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम र त्यसबाट उत्पन्न हुनसक्ने खतरालाई मध्यनजर गर्दै चाल्नुपर्ने कदमबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्