विपक्षीहरु सिंहदरबारमा जुट्दै : प्रधानमन्त्री भन्छन्, ‘सरकार कब्जा गर्ने मेरो उद्देश्य होइन’ « Drishti News – Nepalese News Portal
Logo

विपक्षीहरु सिंहदरबारमा जुट्दै : प्रधानमन्त्री भन्छन्, ‘सरकार कब्जा गर्ने मेरो उद्देश्य होइन’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमपछि फेरि दलहरुमा दौडधुप र उताव–चढाव बढेको छ ।

प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नलिने बताउँदै नयाँ सरकार गठनका लागि प्रसस्त मार्ग खुला गरेको बताएपछि बिहीबार राष्ट्रपतिले बैकल्पिक सरकार गठनको लागि आह्वान गरेकी छन् । तर, एकदमै छोटो समय राखेर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरु रुष्ट मात्र भएका छैनन्, उनीहरुको दौडधुप बढेको छ ।

?

यससँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अन्य दलसँग छलफलमा जुटेका छन् । सभापति देउवाले शुक्रबार आफ्नै निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले बरिष्ठ नेता माधवकुमार नेपाललगायत नेतासँग छलफल गरेका छन् ।

बुढानीकण्ठको बैठकलगतै कांग्रेसलगायतका विपक्षीहरु नेताहरु आ–आफ्नो दलमा आन्तरिक छलफलमा जुटेका छन् । यस्तै आजै तीन बजेपछि फेरि विपक्षी दलहरुको संयुक्त बैठक बस्ने भएको छ । आन्तरिक छलफल सकाएपछि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक बस्ने भएको हो । विपक्षी दलले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन् ।

यता, प्रधानमन्त्री ओलीले आफूले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् । शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताए । ‘मेरो उद्देश्य संसद छलेर सरकार कब्जा गर्ने होइन, बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’

प्रतिक्रिया दिनुहोस्