Logo
Logo

‘वैकल्पिक सरकार बनाउनुस्, कि मलाई साथ दिनुस्’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आव्हान गरेका छन् । शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिँदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ ।’ वैकल्पिक सरकार गठनको सम्भावना नभए आफ्नै नेतृत्वको सरकार गठनमा साथ दिन उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘कि राष्ट्रिय सरकार बनाऔँ सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ ।’ उनले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्