Logo
Logo

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा


दृष्टि संवाददाता


काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दावी गर्न विपक्षी दल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह र नेकपा एमालेको माधवकुमार नेपाल समूहको १४९ सांसदको बहुमत हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी बनाउने विपक्षीले दावी गरेको हो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमतसहित प्रधानमन्त्री दावी गर्न शितल निवास पुग्न लागेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्