काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय शीतलनिवास पुगेका छन् । स्रोतका अनुसार उनी केहीसमय अघि शीतल निवास पुगेका हुन् ।
निकट स्रोतका अनुसार ओलीले पनि प्रधानमन्त्रीमा दावी गरेका छन् । उनले एमालेका १२१ र जसपाका १६ गरी १३७ जना सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका हुन् ।
यता विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास जाने तयराी गरिरहेका बेला प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।
विपक्षी गठबन्धनमा माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदहरुले समेत हस्ताक्षर रहेको दावी गरिएको छ । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दावी पेस गरेका छन् ।











