Logo
Logo

देउवा र ओली दुबैको प्रधानमन्त्री दावी अस्वीकार


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेका छन् ।

संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि दुबैको दाबी नपुगेको ठहर गरिएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको विज्ञप्तिमा भनिएको छ ।

संवैधानिक प्रावधान अनुसार अब वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै कमचलाउ रुपमा कार्यकारी अधिकारमा रहनेछन् । संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ६ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्