Logo
Logo

‘संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ’


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको सामूहिक बलात्कारको गरेको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले भने, ‘बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ !’ उनले भने, ‘संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महँगो पर्नेछ ।’

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका वर्तमान प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको दाबीको आधार नपुगेको भन्दै खारेज गर्ने निर्णय गरेकी छन्।

शुक्रबार मध्यरात जारी गरेको विज्ञप्तिमा उनले दुवैजनाले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको समेत उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्