Logo
Logo

परामर्शमा जुटे सभामुख सापकोटा


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन् । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदसँग आजैबाट परामर्श थालेको उनको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रतिनिधिसभा विघटनपछि सघन परामर्शमा रहेका सभामुखले आजै आफ्नो धारणा सार्वजनिक गर्दैछन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गर्दा समेत सभामुख सापकोटाले विरोध जनाएका थिए ।

शुक्रबार मध्यराति ओली दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाको धारणा बाहिर आएको छैन । नेकपा माओवादी केन्द्रको तर्फबाट सभामुख भएका सापकोटा प्रधानमन्त्री ओलीको हरेकअ असंवैधानिक कदमहरुको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्