Logo
Logo

प्रमुख निर्वाचन आयुक्त बालुवाटारमा, निर्वाचनको तयारीबारे छलफल


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारी गर्न निर्वाचन आयोगसँग छलफल थालेका छन् । शुक्रबार मध्यराति प्रतिनिधिसभा भंग गरेसँगै सरकारले २६ कात्तिक र ३ मंसिरमा दुई चरणमा सम्पन्न हुने गी प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

चुनावको तयारी गर्न प्रधानमन्त्री ओलीले शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतका आयुक्तहरु बालुवाटार बोलाएर छलफल गरिरहेको छ । बालुवाटार स्रोतका अनुसार अहिले ११ बजेदेखि उनीहरुसँग छलफल गरिरहेका छन् ।

बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्