Logo
Logo

‘राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि नै धावा बोले’


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछन् । शुक्रबार विज्ञप्ति जारी स्थगित गरिएको बैठक प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमपछि आजै बस्न लागेको हो । बैठकमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षको भने सहभागिता नहुने बताइएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्या भण्डारीले संवैधानिक व्यवस्थामाथि नै धावा बोलेको बताउँदै देशलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाएका छन् । अध्यक्ष यादवले यसको विरुद्धमा अग्रगामी शक्तिहरु एक भएर उभिने बताए ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा भंग गर्दै मध्यवधि निर्वाचन घोषणा गरेकी छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको यस कदमलाई अध्यक्ष यादवले प्रतिगमनको दोस्रो शृँखला भएको बताए ।

यसअघि पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनको पहिलो कदम चालेको बताउँदै उनले अहिले त्यसैको शृँखलालाई निरन्तरता दिएको बताए । प्रतिगमनकारीलाई साथ दिने व्यक्तिहरुलाई पनि जनताले पहिचान गरिसकेको भन्दै जनताले त्यसको हिसाब किताब लिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्