प्रदेश सरकारबाट फिर्ता नहुनेलाई कारबाही हुन्छ : अध्यक्ष थापा « Drishti News – Nepalese News Portal
Logo

प्रदेश सरकारबाट फिर्ता नहुनेलाई कारबाही हुन्छ : अध्यक्ष थापा


दृष्टि संवाददाता


धनगढी । नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताएका छन् ।

पार्टीले सरकारबाट निक्लने एक महिनाअगाडि गरेको निर्णय नमान्ने मन्त्रीलाई कारबाही गरिने उनले बताएका हुन् । एमालेको प्रदेश कमिटी बैठकले गत चैत १५ गते सरकारबाट बाहिरिने निर्णय गरेको दुई महिनासम्म पनि सरकारबाट नबाहिरिएकालाई पार्टीले कारबाही गर्ने थापाले बताए ।

‘हाम्रो पार्टीको प्रदेश कमिटीको बैठकले सरकारबाट बाहिर आउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ’, थापाले भने, ‘माओवादीको सरकारबाट बाहिर नआउने मन्त्रीलाई पार्टीले कारबाही गर्छ ।’ माओवादी केन्द्रले नेतृत्व गरेको एमाले र नेकपा (माओवादी केन्द्र)को संयुक्त सरकारमा अहिले एमालेका तीन मन्त्री रहेका छन् ।

एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्रीमा माया भट्ट रहेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानूनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्