Logo
Logo

माधव-झलनाथ सहित ११ सासंदलाई कारवाही सुरू


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा नेकपा एमालेले वरिष्ठ माधवकुमार नेपालसहित ११ जना सांसदलाई कारवाही थालेको छ ।

सनिबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टीकरण माग्दै कारवाही प्रकृया अघि बढाएको हो । देउवालाई प्रधनमन्त्री बनाउन हस्ताक्षर नगरेको माधव समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतालाई भने एमालेले स्पष्टीकरण मागेको छैन ।

माधव नेपाल पक्षका २६जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । स्पष्टीकरण सोधिकएका मध्ये माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल मात्र प्रत्यक्ष निर्वाचित सांसद हुन् । अन्य ८ जना समानुपातिक सांसद रहेका छन् । उनीहरुलाई सोमबार बिहानसम्ममा लिखित स्पष्टीकरण दिनु भनिएको छ ।

स्पष्टीकरण सोधिएका सांसद–

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीमवहादुर रावल
४. मुकुन्द न्यौपाने
५. रामकुमारी झाँक्री
६. सरला यादव
७. पुष्पाकुमारी कर्ण
८. कलिला खान
९. निरादेवी जैरु
१०. लक्ष्मी कुमारी चौधरी
१०. कल्याणी खड्का

प्रतिक्रिया दिनुहोस्