Logo
Logo

‘जात्रै–जात्रा’को माया पिरिम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ चैत । चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको हो । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमबीच ‘माया पिरिम’ सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली देखिएका छन ्। ‘माया पिरिम’ बोलको गीतमा चलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतस“गै नृत्य रहेको छ ।
साथै चलचित्रमा दयाहाङ राई, रविन्द्र झा र रविन्द्र सिंह बा“नियालाई पनि गीतमा देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी गरेको चलचित्रमा लेखु सहयात्रीको शब्द र कृष्ण भारद्वाजको संगीत छ ।
चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मका निर्माता रविन्द्र सिंह बा“निया रहेका छन् । २०१६ मा आएको ‘जात्रा’को यो सिक्वेल चलचित्र हो । यो चलचित्र ३ जेठमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्