Logo
Logo

सिद्धबाबा सडक खण्डको सुरुङमार्ग बनाउन टेण्डर आह्वान


दृष्टि संवाददाता


बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग बनाउन टेण्डर आह्वान गरिएको छ । गत १ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति प्रदान गरेको थियो । सोही अनुसार सडक विभागले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको हो ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको सडक विभागका उपमहानिर्देशक विजय जैशीले बताए । उनका अनुसार उक्त सुरुङमार्ग १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्ने भनिएको छ । यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी चल्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्