Logo
Logo

सर्वोच्चमा रिट हाल्न सिंहदरबारमा हस्ताक्षर संकलन


दृष्टि संवाददाता


काठमाडौं । संसद विद्धटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनका नेताहरुले हस्ताक्षर संकलन सुरु गरेको छ ।

तस्बिर अनलाइन खबर

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गर्न हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई पुनः हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको हो । सबैको हस्ताक्षर संकलन गरिससकेपछि सर्वोच्चमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । सके आजै, नत्र सोमबार रिट हाल्ने तयारी भइरहेको कांग्रेसका सचेतक पुष्पा भुसालले बताएकी छन् ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्