Logo
Logo

शीतलनिवास बाहिर प्रदर्शन, केही विद्यार्थी पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोध गर्दै विद्यार्थी संगठनले शीतलनिवास अगाडि प्रदर्शन गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेका बेला आइतबार राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारी विद्याथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतल वास बाहिर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्